२३ असार २०८३, मंगलबार

पिलो निचोरेर एमालेको वजन घट्दैन : अध्यक्ष ओली

भदौ २९, २०७८
पिलो निचोरेर एमालेको वजन घट्दैन : अध्यक्ष ओली
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् ।

नेकपा एमाले झापाले मंगलवार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरूको बाध्यता भएको बताए ।

आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।

आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताए । ‘हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन,’ उनले भने । एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, ‘पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिँदैन ।’

अध्यक्ष ओली मंगलवारै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौंबाट झापा आएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्