२२ असार २०८३, सोमबार

अफगानिस्तानका लागि सहयोग माग्दै इरान

भदौ २९, २०७८
अफगानिस्तानका लागि सहयोग माग्दै इरान

इरानका परराष्ट्रमन्त्री होसेनी अमीर अब्दोलाइनले अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानमा मानवीय सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।  

तस्निम समाचार संस्थाका अनुसार अफगानिस्तानका जनताहरू मानवीय सहयोगको तीव्र अपेक्षामा छन् । त्यसैले अन्तरराष्ट्रिय समुदायले यस किसिमको सहयोग गर्नुपर्ने अवस्ता सृजना भएको कुरा परराष्ट्रमन्त्री होसेनीले बताए।  
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसद्वारा अध्यक्षता गरिएको अफगानिस्तानमा मानवीय अवस्था विषयक बैठकमा सोमवार भर्चुलमाध्यमबाट सम्बोधन गर्दै इरानका परराष्ट्रमन्त्री होसेनीले त्यस किसिमको सहयोग अफनिस्तानको सीमासम्म पुर्याउन र त्यहाको आन्तरिक तथा बाह्य बजारका गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउन इरान तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।  होसेनीले इरान, अफगानिस्तानमा समावेशी सरकार गठन र सुशानको पक्षमा रहेको बताए। उनले अफगानिस्तानका जनताले आफ्नो भाग्य र भविष्यको निर्णय गर्न स्वतन्त्र  रहेको  पनि प्रष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्