
युरोपको ख्यातिप्राप्त टेर्रा पेमेन्ट सर्भिसेज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार शुरू भएको छ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेर्रा पेका तर्फबाट सह संस्थापक अनि सानेले हस्ताक्षर गरेका छन् ।
यससँगै युरोपमा रहेका नेपालीहरुले टेर्रा पेको सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरु बाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ ।