६७ जिल्लामा विवाद मिल्यो

नेपाली काँग्रेसको १४औँ  महाधिवेशनको  प्रक्रियाअन्तर्गत  हालसम्म  ६७  जिल्लामा  क्रियाशील  सदस्यताको  विवाद  किनारा  लागेको  छ । मङ्लगबार थप १० वटा जिल्लाको विवादको  किनारा  लगाएको  काँग्रेसले  जनाएको  छ  ।  अब  १०  जिल्लाको  क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी छ ।


Advertisement

वडा  अधिवेशनको  कार्यतालिका  नजिक  आएपछि  पार्टीले  क्रियाशील  विवाद मिलाउन बाँकी रहेको जिल्लाको समस्या  सुल्झाएको  जानकारी  एक  पदाधिकारीले दिएका छन् । काँग्रेसको महाधिवेशनको  कार्यतालिकाअन्तर्गत  आगामी असोज ५ गते २० जिल्लामा वडा अधिवेशन हुँदैछ । यसका  साथै  बाँकी  रहेका  १०  जिल्लाको विवाद क्रियाशील सदस्यताको सूची पनि बुधबारसम्म सार्वजनिक गरिने छ  ।  यसका  लागि  पार्टीको  नेताहरू  निरन्तर  रूपमा  छलफलमा  जुटेको  जानकारी काँग्रेसको केन्द्रीय कार्यालयले दिएको छ । गोरखापत्रमा खबर  छ। 


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्