अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

फाइल तस्वीर

पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ ।


Advertisement

गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


Advertisement

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक  सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 
 


Advertisement

कमेन्ट गर्नुहोस्