काठमाडौँ, २ असार - बिनाविभागीयमन्त्री प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गत जेठ २४ गते सपथ लिएका मन्त्री साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज सो मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाले जेठ २४ गते सपथ लिएसँगै तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि सपथ लिएका थिए ।