१३ असार २०८३, शनिबार

कर्णाली राजमार्ग दुर्घटनाका मृतकका आफन्तले शव बुझे

कात्तिक २०, २०७४
कर्णाली राजमार्ग दुर्घटनाका मृतकका आफन्तले शव बुझे

दैलेख, २ असार - सुदूरपश्चिमको ना.४ ख २९९८ नंको बस दुर्घटना परी मृत्यु भएका ११ जनाको शव आफन्तले बुझेका छन् । शवपरीक्षणका लागि बिहीबार कालीकोट पु¥याइएको थियो । कालीकोटबाट शवपरीक्षणपश्चात् शुक्रबारसम्म आफन्तले शव बुझेर लगिसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।accident-graphic

बिहीबार साँझ बसका मालिक र समितिका व्यक्तिहरु कालीकोट पुगेर आफन्तसँग कुराकानीपश्चात् बिहीबार रातिदेखि नै मृतकका आफन्तले शव बुझेका थिए । कालीकोटको जीतेगडाबाट महेन्द्रनगरतर्फ आउँदै गर्दा दैलेखको आठविस नगरपालिका नैनदेवल भन्ने स्थानमा बुधबार दिउँसो बस दुर्घटना भएको थियो ।

दुर्घटनामा सकुशल रहेका बस चालकले दिएको जानकारीअनुसार बे्रक फेल भएर सडकको भित्तामा गाडी ठोकिएको र ठोकिएको बस पुनः सडक छेउबाट भिरमा खसेको थियो । चालक नयाँ भएकाले पनि दुर्घटना चालककै लापरबाहीले हुनसक्ने आशङ्का स्थानीय बासिन्दाले गरेका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । चालक र सहयोगी चालक अहिले जिल्ला प्रहरी कार्यालय दैलेखमा छन् । दुर्घटनामा परेका १८ घाइतेमध्ये धेरैको उपचार कोहलपुर मेडिकल कलेज, एकजना काठमाडौँ र दुईजना सुर्खेतमा छन् । गाडीमा ३१ जना यात्रु सवार रहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्