२५ असार २०८३, बिहीबार

सुर्खेतका स्वास्थ्य संस्थामा औषधि अभाव

भदौ ३०, २०७८
सुर्खेतका स्वास्थ्य संस्थामा औषधि अभाव
प्रतिकात्मक तस्वीर

सुर्खेतका स्वास्थ्य संस्थामा औषधि अभाव हुन थालेको छ ।

जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ । 

६ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् ।

सुर्खेतको रामघाटस्थित स्वास्थ्य चौकीका बरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिन चक्कीको अभाव रहेको बताए । ‘५/६ महिनादेखि स्वास्थ्य चौकीमा जिन चक्कीको अभाव छ,’ उनले भने, ‘अन्य औषधिसमेत अभाव भएको छ ।’  

स्वास्थ्य चौकीमा आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ । भेरीगंगास्थित छिन्चु स्वास्थ्य चौकीमा समेत जिन चक्की अभाव भएको वरिष्ठ स्वास्थ्य सहायक गोकर्ण बुढाले जानकारी दिए । १ वर्षदेखि जिन चक्कीको अभाव रहेको उनले बताए । जिन चक्कीको अभाव भएपछि बिरामी मर्कामा परेका छन् । 

स्वास्थ्य चौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधिमध्ये आधाजसो मात्र स्वास्थ्य चौकीमा उपलब्ध हुने गरेको उनले बताए । स्वास्थ्य चौकीमा ग्याष्टिक, छाला, कानको समस्या भएका बिरामीलाई उपलब्ध गराइने औषधि समेत अभाव भएको रहेको बुढाले बताए ।

रामघाट र छिन्चुमा मात्र होइन, जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । छिन्चु स्वास्थ्य चौकीका बरिष्ठ स्वास्थ्य सहायक बुढाले अभाव हुँदा कतिपय औषधि स्वास्थ्य संस्था आफैंले खरिद गर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्