०४ असार २०८३, बिहीबार

अन्तर्राष्ट्रिय बजारअनुरूप नेपालमा खानेतेलको मूल्य बढेको उत्पादक संघको प्रस्टोक्ति

अन्तर्राष्ट्रिय बजारअनुरूप नेपालमा खानेतेलको मूल्य बढेको उत्पादक संघको प्रस्टोक्ति
प्रतिकात्मक तस्वीर

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा खानेतेलको मूल्य बढेको प्रस्टोक्ति दिएको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै तेलको मूल्यवृद्धिबारे आएका समाचारमा ध्यानाकर्षण भएको जनाएको छ ।

‘उद्योगहरूलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायतका देशहरूबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विगत करीव २० महिनादेखि नै विश्वमा फैलिएको महामारी कोभिड–१९ तथा क्रुड तेल उत्पादन हुने देशहरूमा भएको भीषण सुख्खाको कारणले गर्दा समेत खाने तेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मूल्यवृद्धि नै रहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्