१० साउन २०८३, आइतबार

सरकारमा ५ मन्त्री थप्दै अल्पमतमा परेका मुख्यमन्त्री आचार्य

भदौ ३०, २०७८
सरकारमा ५ मन्त्री थप्दै अल्पमतमा परेका मुख्यमन्त्री आचार्य

अल्पमतमा परेका १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

सरकारमा ५ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यनिकट स्रोतले जनाएको छ ।

मुख्यमन्त्री आचार्य निकट स्रोतका अनुसार आचार्यले ५ जना मन्त्री थप्न लागेका छन् । २ मन्त्री र ३ राज्यमन्त्री थप्नका लागि छलफल भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाकार देवेन्द्र कार्कीले बताए ।

नवनियुक्त मन्त्रीहरूलाई बुधवार नै शपथ गराउने कार्यक्रम समेत तय भएको सल्लाकार कार्कीले जानकारी दिए ।

मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको छ भने राज्यमन्त्रीका विषयमा छलफल भइरहेको एक निवर्तमान मन्त्रीले बताए । स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापाको नाम मन्त्रीका लागि टुंगो लागिसकेको छ भने कुन मन्त्रालय दिने भन्ने छलफल भइरहेको छ ।

राज्यमन्त्रीमा उत्तम बस्नेत, ज्ञानेश्वर राजवंशी, यशोदा अधिकारी, नेरन राई र अम्बिका थापाको नामबारे मुख्यमन्त्री कार्यालयमा छलफल भइरहेको छ ।

नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी दल दर्ता भएपछि मुख्यमन्त्री आचार्य अल्पमतमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्