३१ असार २०८३, बुधबार

देउवा सरकारप्रति ओलीको टिप्पणी : 'बुख्याँचाले बरु चरा भगाउँछ'

देउवा सरकारप्रति ओलीको टिप्पणी : 'बुख्याँचाले बरु चरा भगाउँछ'

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बुख्याँचा (बालीमा चरा भगाउन कपडाले बनाइएको मानिसको आकृति) सँग तुलना गरेका छन् ।

सरकारसँग बुधवार मध्यरातदेखि १ कप चियाको लागि पनि पैसा नभएको ओलीले टिप्पणी गरे ।

रुपन्देहीको बुटवलमा बुधवार एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट अभावका कारण मध्यरातदेखि सरकार चल्न नसक्ने अवस्था आएको बताएका हुन् ।

‘अध्यादेश पारित गर्नुपर्ने समय मध्यरातसम्म थियो, मध्यरातबाट अध्यादेश समाप्त हुन्छ । सरकार चलेन भन्ने कुरा मध्यरातदेखि देखिन्छ,’ ओलीले भने, ‘१ कप चियाका लागि, कागजमा लगाउने पिनको लागि पनि सरकारसँग पैसा छैन । बुख्याँचा हो कि सरकार हो ? बुख्याँचाले बरु बाली खान आउने चरा भगाउँछ, यसले केही गर्दैन ।’ 

ओलीले आगामी दिनमा अझ राम्रोसँग सरकार चलाउन अहिले प्रतिपक्षी भूमिकामा गएको बताए । ‘एमाले प्रतिपक्षी भूमिकामा गएको छ, अझ राम्ररी सरकार सञ्चालन गर्ने तयारी गर्न प्रतिपक्षमा गएको हो,’ उनले भने । 

अध्यक्ष ओलीले पार्टीविरुद्ध बञ्चरो हान्ने माधव नेपाललाई कमरेड भन्न नसकिने बताए । ‘सरकार ढाल्नका लागि विरोधी पक्षसँग कुदेका कुद्यै छन् । माधव नेपालले पार्टीमा बञ्चरो हानेका हान्यै छन्, त्यस्तालाई कमरेड हुन्छ ? एमाले विरोधी जनविरोधी हुन् । कठपुतली सरकार बनाउन अगुवाइ गर्ने, जो पार्टीलाई ध्वस्त पार्न लागेको छ, त्यो कमरेड हुन्छ ?’ ओलीले प्रश्न गरे ।

salt training

कमेन्ट गर्नुहोस्