
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरूलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालितरूपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ‘ज्योति बट’ सेवा सञ्चालन गरेको छ ।
अब उप्रान्त ज्योति लाइफका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिको जानकारी कम्पनीको वेबसाइट, फेसबूक पेजका साथै मोबाइल एपबाटै च्याटमार्फत स्वचालितरूपमा प्राप्त गर्न सकिने ज्योति लाइफ कम्पनीले जनाएको छ ।
च्याटबटमा कम्पनीका विभिन्न सेवाबारे जानकारी लिन उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने छ ।
कम्पनीका विभिन्न सेवा, बीमित र अभिकर्तासम्बन्धी जानकारी, कम्पनीको बीमा योजना सम्बन्धी जानकारी र सोको प्रतिक्रिया, हेल्पडेस्क, अनलाइन भुक्तानी, डाउनलोडहरू तथा अन्य सेवाहरू उपलब्ध छन् ।
कम्पनीले आगामी दिनमा च्याटबटमा थप सुविधा राख्दै सोसेवालाई अझ परिष्कृत बनाउने कुरा उल्लेख गरेको छ ।