०६ असार २०८३, शनिबार

नेप्सेमा उच्च अंकको गिरावट

भदौ ३०, २०७८
नेप्सेमा उच्च अंकको गिरावट
प्रतिकात्मक तस्वीर

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार पनि उच्च अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अंकले घटेर २ हजार ८८९.०३ मा झरेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत ५ अर्बमा सीमित भएको छ ।

कूल २२२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए । बुधवारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २०.७४, व्यापार २७.२१, होटल तथा पर्यटन ७९.५३, विकास बैंक ११६.९१, जलविद्युत् ७२.८१, वित्त ८६.७२, निर्जीवन बीमा २७२.९१, उत्पादन ७३.७९, अन्य २१ं१६, लघुवित्त ५२.१९, जीवन बीमा १७५.३, सामूहिक लगानी कोष ०.०५ र लगानी १.८८ विन्दुले ओरालो लागे ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २२ करोड १४ लाख ७० हजार ७५६ बराबरको कारोबार भयो । सानिमा लाइफ इन्स्योरेन्स १७ करोड २ लाख ७ हजार ११०, आईसीएसफसी फाइनान्स १५ करोड ३८ लाख १३ हजार १४६, रैराङ हाइड्रोपावर १४ करोड २८ लाख ४९ हजार २४५ र नेसनल हाइड्रोपावर १३ करोड २० लाख ९५ हजार ७४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ८.२३, कर्पोरेट डेभलपमेन्ट बैंक ६.६७, छ्याङ्दी हाइड्रोपावर ४.०८, ग्लोबल आईएमई समुन्नत स्किम एक २ र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए । एनआईबीएल समृद्धि फण्ड एक ६.८८, हिमालयन ऊर्जा विकास कम्पनी ५.८३, गुर्खाज फाइनान्स ५.४१, रुरु जलविद्युत् परियोजना ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए ।

salt training

कमेन्ट गर्नुहोस्