०३ असार २०८३, बुधबार

बेलायतमा भएको आगलागीमा मर्नेको संख्या ३० पुग्यो, हतियार सहित एक पक्राउ

कात्तिक २०, २०७४
बेलायतमा भएको आगलागीमा मर्नेको संख्या ३० पुग्यो, हतियार सहित एक पक्राउ


लण्डन, २ असार - बेलायतको लण्डनमा रहेको एउटा आवास भवनमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३० पुगेको छ ।britain-fire-london-1024

महानगरपालिकाका प्रहरी प्रमुख स्टुअर्ट कुन्डीलाई उद्धृत गर्दै स्काई न्युजले तीस जनाको मृत्यु भएको समाचार लेखेको छ ।

प्रहरी प्रमुख कुन्डीले केही गम्भीर घाइत रहेकाले सो त्रासदीपूर्ण घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् । घटनामा घाइते भएका मध्ये १२ जनाको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनले जानकारी दिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएपनि अहिले सम्म आगलागीको कारण र कस्ले लगाएको थियो भन्ने बारेमा केही पत्ता लाग्न सकेको छैन ।

शहरी खोजी तथा उद्धार संकाय र ३० जना विज्ञहरुको समूह आगलागीमा परेकाहरुको खोजी तथा उद्धारका लागि लगातार परिचालित भएका छन् । उनीहरुले आगलागीबाट भएको खण्डहर हटाउने कार्य पनि गरिरहेको अधिकारीहरुले बताएका छन् ।

यता लण्डनको संसद भवन अगाडीबाट धारिलो हतियार सहित शुक्रबार एक व्यक्ति पक्राउ परेका छन् । तर पक्राउ गरेका व्यक्तिका बारेमा भने प्रहरीले थप केही जानकारी दिएको छैन ।

तीन महिना अगाडी इस्लामिक स्टेट (आइएस) लडाकूहरुले आक्रमण गरेको ठाँउ नजिकैबाट उनलाई पक्राउ गरिएको हो । स्थानीय समय अनुसार विहान ११.१० मा उनलाई मध्य लण्डनमा रहेको ‘प्यालेस अफ वेष्ट मिनिस्टर’ बाट पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्