काठमाडौँ, ३ असार- शुक्रबार बसेको राजपाको बैठकले प्रदेश नं. २ को निर्वाचन असोज २ गते सार्ने सरकारको निर्णयलाई अपर्याप्त ठान्दै संविधान संशोधन नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । राजपाले यसअघिका आन्दोलन कार्यक्रमलाई निरन्तरता दिँदै उम्मेदवारी मनोनयनका लागि सारिएको मिति पनि प्रभावित पार्ने गरी थप कार्यक्रम घोषणा गरेको छ ।

अन्नपूर्ण थप लेख्छ- राजपाले प्रदेश नं. २ को मात्र होइन १, ५ र ७ को पनि चुनाव सार्नुपर्ने अडान राख्दै पुनः आन्दोलनमा जान बाध्य हुनुको कारण पार्टीमा अध्यक्षमण्डलका नेताद्वय राजेन्द्र महतो र राजकिशोर यादव हाबी हुनु हो । अध्यक्ष ठाकुर, नेतात्रय शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव र अनिलकुमार झा लचकताको नीति अख्तियार गरी अघि बढ्नुपर्ने पक्षमा छन ।