२८ जेठ २०८३, बिहीबार

दोस्रो चरणको निर्वाचनको ‘सम्पूर्ण तयारी पूरा’, उत्साहपूर्वक उम्मेदवारी दर्ता गर्न आग्रह

कात्तिक २०, २०७४
दोस्रो चरणको निर्वाचनको ‘सम्पूर्ण तयारी पूरा’, उत्साहपूर्वक उम्मेदवारी दर्ता गर्न आग्रह

काठमाडौं, ३ असार–निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

शनिबार पत्रकार सम्मेल गर्दै आयोगले असार १४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

साथै निर्वाचन कार्यक्रम अन्तर्गत भोली (आइतबार) हुने उम्मेदवार दर्तामा उत्साहपूर्वक सहभागी हुन पनि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आयोगले आग्रह गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा लगायत सबै तयारीहरु पूरा भएको जनाएको हो ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन हुनेछ । जसमा एक महानगरपालिका विटानगरसहित ७ उपमहानर, १११ नगरपालिका र २१५ गाउँपालिका छन् ।

निर्वाचन आयोगका अनुसार असार १४ गते हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन् । निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

दोस्रो चरणको निर्वाचनका लागि ४ हजार ५ सय ८१ मतदान स्थल रहेन गरी ८ हजार ३ ६४ मतदान केन्द्र तोकिएका छन् । मतदान कार्यमा ६६ हजार ९०० कर्मचारी खटिने छन् ।

दोस्रो चरणको निर्वाचन पर्यवेक्षणका लागि आगोगले ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई अनुमति दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्