२१ जेठ २०८३, बिहीबार

मन्दिरमा उत्तेजक चित्र बेच्न दिनुपर्ने माग !

कात्तिक २०, २०७४
मन्दिरमा उत्तेजक चित्र बेच्न दिनुपर्ने माग !
भारतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले खजुराह मन्दिरमा कामसूत्र बेच्न रोक लगाउन गरिएको मागको विरोध गरेका छन् ।

एक हिन्दू समूहले यस्तो माग गरेको थियो । यो मन्दिर उत्तेजक खालका मूर्तिका लागि चर्चित छ । बजरंग सेना नामको एक समूहले विश्व प्रसिद्ध खजुराहो मन्दिर परिसरमा परिक्रमा गरेर यस्तो किताव बचेको भन्दै आपत्ति जनाएको हो ।

ज्योति अग्रवाल नामकी एक महिलाले हिन्दुस्तान टाइम्सलाई भनिन्,‘यो मन्दिरको धार्मिक महत्व छ, यदी यस्तो पवित्र परिसरमा कामूत्र बेच्ने अनुमति कसरी दिन सकिन्छ ?’ यो समूहले प्रहरीलाई यसलाई नियन्त्रण गर्न आग्रह गरेको छ ।

यस समूहले यस्तो किसिमको पुस्तक मन्दिरमा बेच्नु भारतीय संस्कृतिको विरुद्धको काम हो ।

तर यस्तो मागलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध गरेका छन् । उनीहरुले खजुराहो मन्दिरको पहिचान विश्वभर कामु मूर्तिका लागि भएको बताएका छन् ।

कामसूत्र किताव बेच्न विरोध गर्नेले मन्दिरमा राखिएको टुडाल र काष्टकलामा रहेको कामूक तस्वीर अवलोकन गर्न उनीहरुले चुनौती दिएका छन् । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले हटाउने भए त्यस्ता काष्ठकलाहरुलाई पनि हटाउन उनीहरुलाई चुनौती दिएका हुन् ।

खजुराहो मन्दिरलाई युनेस्कोले विश्वसम्पदा सूचीमा रहेको छ । विश्वभरबाट लाखौं पर्यटक यो मन्दिरको अवलोकनका लागि आउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्