×

NMB BANK
NIC ASIA

एकै परिवारका ६ जनाको हत्या भएको घटना

संखुवासभा हत्याकाण्डमा ट्विस्टः ओडारमा लुकाएको मोबाइलले खोल्यो थप अभियुक्तको पोल !

असोज ४, २०७८

NTC
Premier Steels

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङमा तेजकुमार कार्कीसहित उनको परिवारका ६ सदस्यको हत्या भएको घटनामा नयाँ ट्विस्ट देखा परेको छ ।

Muktinath Bank

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा थप ४ जनालाई पक्राउ गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो । यसअघि पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीसँगको बयान तथा अनुसन्धानमा भेटिएका नयाँ प्रमाणका आधारमा थप ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।


Advertisment
Nabil box
Kumari

रणबहादुर यसअघि पक्राउ परेका लोकबहादुरका बुवा र नरेश भाइ हुन् । खड्गबहादुर लोकबहादुरका काका पर्छन् र हस्तबहादुर उनका छोरा हुन् ।

Vianet communication

यसअघि चिर्पटको प्रयोग गरी लोकबहादुरले मात्र हत्या गरेको बताइएकोमा प्रहरीले छुरा लगायतका हतियार पनि प्रयोग भएको र ५ जना मिलेर हत्या गरेको पाइएको जनाएको छ ।

के देखियो अनुसन्धानमा ?

प्रहरीका अनुसार घटनाको अघिल्लो दिन राति ८ बजेसम्म अभियुक्तहरू लोकबहादुरको घरमा बसी योजना बनाएको खुलेको छ ।

घटनाको दिन तेजकुमारले लोकबहादुरसहितका अभियुक्तहरूलाई खेताला बोलाएको र त्यसैको मौका छोपी हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्तहरूले तेजकुमारको हत्या गर्दा ज–जसले थाहा पाउँछ, ती सबैको हत्या गर्ने र अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमाल समेत लैजाने योजना बनाएका थिए । 

तेजकुमार लोकबहादुरको घरसम्म आउने निश्चित गर्न खड्गबहादुर कार्की घटनाको दिन बिहान ५ बजे नै तेजकुमार कार्कीको घर गई ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नू’ भनेका थिए ।

तेजकुमारले मादी नगरपालिका– ३ पिप्लेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश नरेश कार्की चार जनालाई नै खेताला बोलाएका थिए ।

तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर घरपछाडि चिर्पट तयारी अवस्थामा राखेको बसेका थिए ।

खेताला निश्चित गर्न बिहानै लोकबहादुरको घर पुगेका तेजकुमारले ‘अल्छी, अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेका थिए ।

उनका भाइ नरेश र बुवा रणबहादुर घरमै थिए । घरबाट तेजकुमार फर्कने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई इशारा गरी आफूले दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकी पछिपछि जान्छन् ।  

घर पछाडिको गोगनेको रूखनजिक पुगेपछि लोकबहादुरले तेजकुमारलाई चिर्पट प्रहार गरी लडाएको पाइएको छ । त्यसपछि हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाएर बाटोमा झारी घोप्टो पारेर छाडेको प्रहरीले जनाएको छ ।

प्रहरीले विज्ञप्तिमा उल्लेख गरे अनुसार–

लोकबहादुरले चिपर्टले हान्दा तेजकुमारले ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै हारगुहार गरेको श्रीमती कमलाले सुनिछन् । 

त्यो सुनेर उनी ‘मेरो बुढोलाई नमार’ भन्दै आएको र बुहारी रञ्जना पनि सँगसँगै आएको पाइएको छ । पूर्व योजनाअनुसार घटना लुकाउन हस्तबहादुरले कमलाको घाँटीका छुरा प्रहार गर्छन् ।

बुहारी रञ्जनालाई  नरेशले ठेलेर खोल्सामा झार्छन् र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गर्छन् । मृतक रञ्जनाको लास रणबहादुर र नरेश समेतले कमलाको लास भएको ठाउँसम्म पुर्‍याउँछन् ।  

मृतक नाबालकहरू दिपेन र गोमा घर नजिकको बाटोमा आएको देखेर हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी चिर्पट समेत प्रहार गरेको हत्या गरेको खुलेको छ ।

५ जनाको हत्या गरेपछि उनीहरू मृतक तेजकुमारको घरतर्फ गएको पाइएको छ ।

प्रहरीका अनुसार घरमा मृतक ८४ वर्षीया पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्तबहादुरले समाती घर पछाडिको गोठनजिक लगी लोकबहादुरले टाउको भित्तामा ठोक्काइ घाँटी बटारेर हत्या गरेका थिए ।

घटनामा प्रयोग गरेको चिर्पट र छुरी लोकबहादुरको घरमा लगी रगत पखालेर छुरी बुइँकलमा लुकाएको तथा चिर्पटहरू जलाएको पाइएको छ ।

त्यसपछि खड्गबहादुर र निजको छोरा हस्तबहादुर घर जान्छन् । रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएको अवस्थामा प्रहरीले फेला पारिसकेको छ ।

अभियुक्तहरू घटनापछि लोकबहादुरको घरमा भेला भएर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने योजना बनाएका थिए ।

यदि प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण निजले जिम्मा लिने भन्ने सल्लाह पनि भएको पाइएको छ ।

उनीहरूले २१ गते बिहान साढे ५ बजेदेखि पौने ६ बजेसम्म हत्या गरेको अनुसन्धानमा खुलेको छ । 

५५ वर्षीय तेजकुमार, उनकी आमा ८४ वर्षीया पार्वता भन्ने पार्वती कार्की, ५४ वर्षीया पत्नी कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय विपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

ओडारमा लुकाएको मोबाइलले खोल्यो पोल

लोकबहादुरलाई पक्राउ गरेर घटनास्थलबाट हिँडेपछि मृतक रञ्जनाको मोबाइलले प्रहरीलाई थप तथ्यतर्फ डोहोर्‍याएको थियो ।

रञ्जनाको मोबाइलले नै नयाँ रहस्योद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए । 

उनका अनुसार प्रहरी घटनास्थलबाट हिँडेपछि लोकबहादुरका भाइ नरेशले मोबाइलमा आफ्नो सिम हालेर चलाएका थिए । यता प्रहरीले भने उक्त मोबाइललाई निरन्तर ट्रयाक गरिरहेको थियो ।

‘नरेशले आफ्नो सिम उक्त मोबाइलमा हालेपछि तथ्य खुलेको हो,’ डीएसपी सुवेदीले लोकान्तरसँग भने, ‘हामीले मोबाइललाई निरन्तर ट्र्याक गरिरहेका थियौं ।’

उनले मोबाइल घटना भएको दिन घरमुनिको ओडारमा लगेर लुकाएको र प्रहरीहरू घटनास्थलबाट हिँडिसकेपछि ल्याएर प्रयोग गरेको पाइएको छ ।

प्रहरीका अनुसार यस्तो छ घटनाको कारण

अभियुक्तहरूमध्ये खड्गबहादुरले नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती तथा परिवारका सदस्यहरूलाई कुटपिट एवं गाली गलौज गर्ने गरेका थिए ।

त्यस्तो देख्दा तेजकुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्” भनी गाली गर्ने गरेका थिए । खड्गबहादुरले पनि “तँलाई के मतलब, तँलाई म मार्छु” भन्दै झगडा गर्ने गरेको पाइएको छ ।

यस्तै तेजकुमारले लोकबहादुरलाई 'तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्' भन्ने गरेको र नरेशलाई 'तँ डुँडे, काम नलाग्ने भइस्' भन्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

रणबहादुरले पनि आफूलाई लठेब्रो भन्दै हेप्ने गरेको र आफू सम्पन्न भएको भन्दै तेजबहादुरले फुर्ती दिने गरेका कारण मनमा इख पालेको पाइएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x