×
Bajaj Top
Khukuri
FONEPAY

बुटवलको ज्योतिनगरमा फेरि पहिरो : ९ घर पुरिए, २० घरमा क्षति

बुटवल | असोज ४, २०७८

NTC
TVS INSIDE

बुटवलमा सोमवार वर्षा हुँदा फेरि ज्योतिनगरमा पहिरो गएर ९ घर पुरिएका छन् ।

Sanima Bank
morang Auto yamaha

निरन्तर वर्षा भइरहेकाले ज्योतिनगरमा ढुंगा र रूख सहितको लेदो झरिरहेको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

चुरेबाट झरेको पहिरोले ज्योतिनगरमा त्रास फैलिएको छ । यसअघि गत भदौ १३ गतेदेखि ३ दिनसम्म अविरल वर्षा हुँदा ७ घर पुरिनुका साथै २० घरभित्र बस्नै नमिल्ने गरी हिलो सहितको लेदो पसेको थियो ।

ज्योतिनगर बुटवल–३ स्थित चुरेको फेदमा पर्छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले ७ घर पुरिएका र १ दर्जनभन्दा बढी घरमा लेदो सहितको पहिरो खसेको लोकान्तरलाई जानकारी दिए ।

चुरेको फेदबाट बाटो बनाउँदा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र चिरिएको छ । सोमवार बिहानैदेखि बुटवल तथा आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । ज्योतिनगरमा धेरै जोखिममा परेका घरका परिवारलाई अन्यत्र सार्ने पहल भइरहेको छ । 

ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो । त्यतिबेला पहिरोले झरेर ५७ घरमा क्षति पुगेको थियो । २३ वर्षपछि अहिले फेरि पहिरो झरेपछि स्थानीय त्रसित बनेका छन् ।

पहिरो निरीक्षणमा पुगेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई आक्रोशित १ युवाले मुक्का समेत प्रहार गरेका छन् । 

पहिरोले सडकमा क्षति पुर्‍याएर आवागमन अवरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ । बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए सिंगो बुटवल नै प्रभावित हुने विज्ञले चेतावनी दिएका छन् ।

अनुसन्धानकर्ताले बुटवलसँग जोडिएको चुरे क्षेत्र कमजोर रहेको र भू–स्लखनको समस्या निम्तिने भएकाले फेदीका बस्ती व्यवस्थापन गर्न सुझाएका थिए । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिले ५ वर्षअघि त्रिविको केन्द्रीय वातावरण विज्ञान विभागसँगको सहकार्यमा २२ जिल्लाका चुरेको पहिरोबारे अध्ययन गरेको थियो ।

समिति कार्यान्वयन एकाइ बुटवलका प्रमुख उपसचिव अजय कार्कीले २५ वर्षअघिको सुझाव सरोकारवाला निकायले कार्यान्वयन नगर्दा भदौ दोस्रो हप्ता बुटवल–३ र ४ मा पहिरोले क्षति गरेको बताए । 

पहिरो प्रभावित क्षेत्रमा उद्धार, पुनःस्थापना र तत्कालीन राहतसहित करीब डेढ करोड बराबरको सुरक्षा प्रबन्ध गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । रातिदेखि परेको वर्षाले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाउनासाथ उपमहानगरका प्राविधिक लिएर प्रमुख शिवराज सुवेदी प्रभावित क्षेत्रमा मेयर पुगेका थिए । त्यही बेला आक्रोशित युवाले मेयर सुवेदीमाथि जाइलागेका थिए । मेयरलाई मुक्का हान्ने पहिरो पीडित गणेश पंगेनी रहेको बताइएको छ । 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १४, २०७८

कालीगण्डकी नदीको कटानको जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार । नदी नियन्त्रण योजना निर्माण सुरु गर्न ढिलाई हुँदा कटानको जोखिम बढेको छ । तस्वीर : रासस

माघ १४, २०७८

काठमाडौँ महानगरपालिका–२२ मा पर्ने ऐतिहासिक सुन्धाराको बेहाल सचित्र । कुनै समय यही धाराको पानीले प्यास मेटाउने गरेका स्थानीय अहिले सुन्धारको अस्तित्व नै गुम्न खोजेको देख्दा दुखि हुने गरेको छन् । तस्वीर : ...

माघ १४, २०७८

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रवार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश १, बागमती तथा गण्डक...

माघ १४, २०७८

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानबिन शुरू भएको छ ।  कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्र...

माघ १४, २०७८

लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र...

माघ १४, २०७८

विश्वविद्यालय अनुदान आयोगले नै संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई विभेद गरेको भन्दै त्यसलाई तत्काल नसच्चाइए आन्दोलन गर्ने घोषणा विद्याथीहरूले गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि अध्ययर...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...