सैनिक श्रीमती संघको कार्यालयमा अध्यक्षमा सुनिता शर्मा नियुक्त भएकी छन् । सोमबार आयोजित एक कार्यक्रमका बीच शर्माको स्वागत तथा निवर्तमान अध्यक्ष दीपा थापाको विदाई गरिएको सेनाले जनाएको छ । सो कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृत, उक्त संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले निवर्तमान अध्यक्षलाई सफल कार्यकालको लागि बधाई तथा सम्मान सहित विदाई गरे भने नवनियुक्त अध्यक्षलाई स्वागत गर्दै आगामी कार्यकालको शुभकामना दिए ।