
फ्रेन्च मोटर कंपनीपुजोको नेपालका लागि अधिकारिक विक्रेता साँग्रीला मोटर प्राइभेट लिमिटेडले अर्को लोकप्रिय उत्पादन सिट्रन को विक्री प्रारम्भ गरेको छ ।
यस अघि पुजोको विक्री साँग्रिला मोटर प्रा.लि. ले सन् २०१७ देखि नेपालमा गर्दै आएको थियो ।
सिट्रन मोटर विगत १०० वर्ष भन्दाबढी समयदेखि उत्पादनमा आई सवारीसाधनको क्षेत्रमा नयाँ इतिहास बनाएको छ ।
सिट्रनको स्थापना सन् १९१९ मा भएको थियो र सन् १९३४ सिट्रनले सर्वप्रथम ट्राक्सन अभान्ट मोडलको कारबाट मोटर जगतमा सर्वप्रथम फ्रन्ट व्हील ड्राइभ र फोर व्हील इन्डिपेन्डेन्ट सस्पेन्सन जस्तो आधुनिक प्रविधि भित्राएको थियो जुन वर्तमानमा सबै कारमा जडान हुन्छ ।
सिट्रन कोे सोरुम अहिले थापाथलीमा राखिएको छ, जुन फ्रेन्च भाषामा घर भनिने ‘ला मेजोँ’ कलामा आधारित छ ।
यो नेपालमा भएका अरु सोरुमको तुलनामा आफ्नै मौलिकता युक्त छ । सिट्रन सी५ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्रन एस यू भीहो ।
सी५ एयरक्रसलाई १.६ लिटर पेट्र«ोल इन्जीनले शक्ति प्रदान गर्दछ जसले १६५ एच.पि.को पावर र २४० एन.एमको टर्क प्रदान गर्दछ ।
सिट्रनको सबभन्दा मुख्य विशेषता यसको आरामदायी सवारी हो । यसमा जडान गरिएका डुअल प्रोगेसिभ सस्पेन्सन कउसनले सिट्रन सी५ एयरक्रस चलाउने र यसमायात्रागर्नेलाई अत्यन्त आरामदायी अनुभव गराउँछ जसलाई कंपनीले फ्लाइङ्ग कारपेटको संज्ञा दिएको छ ।
सी५ एयरक्रसको अग्रीम बूकिङ्ग प्रारम्भ भएको छ र हालको मूल्य रु. १ करोड ३५ लाख निर्धारण गरिएको छ ।
यही कम्पनीको सिट्रन सी३ गाडी भारतमातयार भई सन् २०२२को पहिलो चौमासिकमा र फ्रान्समाबनेको सी४ इभी गाडी सन् २०२२ को मध्यतिर नेपाली बजारमा आउने छ ।