३१ जेठ २०८३, आइतबार

सप्तरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

असोज ५, २०७८
सप्तरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको हो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला पर्सा जिरा भवानी गाउँपालिका–३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्