२१ जेठ २०८३, बिहीबार

पर्खालको गुणस्तर परीक्षणमा टाटा अल्ट्रोज !

पर्खालको गुणस्तर परीक्षणमा टाटा अल्ट्रोज !

नयाँ खेती सुरु गर्दा होस् या घर बनाउने बेला प्रयोगशालामा लगेर माटो परीक्षण गर्नेबारे त हामी धेरैलाई थाहा छ । तर, टाटा अल्ट्रोजले इँटाले बनेको पर्खालको समेत गुणस्तर नाप्न सक्छ भन्दा तपाईंलाई अनौठो लाग्न लाग्दैन ?

मनमा जिज्ञासा जाग्न सक्छ– पर्खाल बलियो छ कि छैन भनेर एउटा कारले कसरी जा“च्न सक्छ ? तर, सक्दो रहेछ ! यहाँ चर्चा गरिँदै छ, टाटा अल्ट्रोजको

सुरक्षा परीक्षणमा पाँच–तारे ग्लोबल एनसीएपीसमेत प्राप्त एक मात्रै प्रिमियम ह्याचब्याकका रूपमा पनि टाटा अल्ट्रोजलाई चिनिन्छ ।

हुन त कारले पाएको सुरक्षा रेटिङ बताउनका लागि यो राम्रो विज्ञापन होइन । तर, यहा“ भन्न खोजिएको कुरा यस घटनाले सजिलै बुझाउँछ ।

सडकमा अनेकौ“ दुर्घटना हुने गर्छन् । यस्ता दुर्घटनाहरूमा आफ्ना यात्रुहरूलाई सुरक्षित राख्न अल्ट्रोज सफल रहेको थुप्रै उदारहरण छन् ।

धेरैलाई थाहा भएको कुरा हो– टाटा मोटर्सका कारहरू गुणस्तरमा उच्चकोटीका हुन्छन् नै, यसमा अल्ट्रोज मात्रै अपवाद हुने प्रश्नै उठ्दैन । दुर्घटनामा समेत यात्रुहरूलाई सकुशल राख्न
सफल भएकै कारण अल्ट्रोजको बिक्री पनि ह्वात्तै बढेको छ ।

भारतमा सबैभन्दा धेरै बिक्री हुने प्रिमियम ह्याचब्याकमध्ये अल्ट्रोज पनि एक हो । पारखीहरू भन्छन्– ‘यस कारले चा“डै एक नम्बरको ताज पहिरिन सक्छ ।’

आउनुस्, यस कारको मजबुतीको वास्तविकता थाहा पाउन एउटा छोटो घटना सुनौँ

टाटा अल्ट्रोजको ध्यान गुणस्तर निर्माणमा एक पटक यही अल्ट्रोजका मालिक गाडी चलाउन सिक्दै थिए । उनले गल्तीवस स्टियरिङलाई गलत तरिकाले घुमाए ।

गाडी गएर सीधै पर्खालमा ठोकियो। र, पर्खाल भुइँमा गल्र्याम्मै ढल्यो । उक्त पर्खाल बलिया इँटाहरूले बनेको देखिन्थ्यो । सहजै अन्दाज लगाउन सकिन्थ्यो कि कार कति जोडले
पर्खालमा ठोक्किएको थियो भनेर ।

हुन त, पर्खाल पूरै बनिनसकेको पनि हुन सक्थ्यो । जे होस्, पर्खाल साह्रै नराम्ररी भत्कियो । कारमा ठूलै क्षति पुगेको अनुमान गरिएको थियो ।

तर, परिणाम ठ्याक्कै उल्टो देखियो। यस्सो हेर्दा लाग्थ्यो कि प्रिमियम ह्याचब्याकलाई क्षति पुर्‍याउन मनाही छ । कार अलिअलि मात्रै पो कोतरिएको थियो । यो सामान्यतया अनौठो घटना नै हो ।

अझ कार मालिकका अनुसार त कारको सस्पेन्सनमा समेत साह्रै थोरै मात्र असर पुगेको थियो । सबभन्दा सुखद कुरा– कारभित्रका सबै जना सकुशल थिए । कतिपयले यस्तो घटनालाई ‘चमत्कार’ पनि मान्छन् ।

अल्ट्रोजले आफ्ना यात्रुहरूलाई सुरक्षित राख्नमा ‘चमत्कारी’ काम गरेको यो पहिलो र अन्तिम घटना भने थिएन । तर, यसो भनेर हामीले गाडी सिक्दा लापरबाही गर्न चा“हि हु“दै हु“दैन । भर्खर–भर्खर गाडीको स्टियरिङमा हात बसाउँदै गरेका साथीभाइ/आफन्तीलाई अनुरोध गर्नुपर्छ– ‘सिकारु बेलामा एक्लै गाडी चलाउने आ“ट नगर्नुस्, बरु राम्रो ड्राइभिङ स्कुलमा गएर सिक्नुस् ।

ड्राइभिङ स्कुल जाने अनकूलता मिलेन भने कुनै जान्ने ड्राइभरलाई साथमै राखेर सिक्नुस्। ताकि, यस्ता खाले घटना हुनबाट बच्न सकियोस्।’

 
टाटा अल्ट्रोज

टाटा अल्ट्रोजको अफरमा तीन इन्जिन विकल्पहरू छन्ः

एक– १.२ लिटरको प्राकृतिक एस्पिरेटेड पेट्रोल इन्जिन ८६ पीएस र १ सय
१३ एनएम

दुई– १.२ लिटर टर्बो पेट्रोल इन्जिन १ सय १० पीएस र १ सय ४०
एनएम

तीन– १.५ लिटर डिजेल इन्जिन ९० पीएस, पिक पावर र २०० एनएम,
पिक टर्क

 अल्ट्रोजका सबै भेरियन्टमा एक मात्र पाँच स्पीड म्यानुअल गियरबक्सको विकल्प छ । नेपाली बजारमा टाटा अल्ट्रोजको मूल्य २९ लाख ९९ हजारदेखि ३८ लाख ५५ हजार रुपैया“सम्म रहेको छ ।

अल्ट्रोजका पारखीहरूको अनुभव र विभिन्न घटनाहरूलाई विश्लेषण गर्दा, आँखा चिम्लेर भन्न सकिन्छ– एनसीएपीको पाँच–तारे रेटिङ एकदमै न्यायोचित रहेको कम्पनीको दावी छ ।

salt training

कमेन्ट गर्नुहोस्