२४ जेठ २०८३, आइतबार

डुम्रे–बेंसीशहर सडक एकतर्फी सञ्चालन

असोज ५, २०७८
डुम्रे–बेंसीशहर सडक एकतर्फी सञ्चालन
प्रतिकात्मक तस्वीर

सोमवार राति परेको वर्षापछि गएको पहिरोले अवरुद्ध डुम्रे–बेंसीशहर सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।

तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरो जाँदा अवरुद्ध भएको सडकखण्ड मंगलवार बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

सडकभन्दा माथिको ढिस्को खसेर लेदो सहितको पहिरोले सडकखण्ड अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए ।

सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

सडक डिभिजन कार्यालयका सहयोगमा जेसीभी प्रयोग गरी पहिरो पन्छ्याएर दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको छ । ‘दुईतर्फी रूपमा बाटो सुचारु गराउन केही समय लाग्ने देखिएको छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्