
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तविरुद्ध परेको रिटमाथि मंगलवार सुनुवाइ हुँदैछ ।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा सुनुवाइ हुन लागेको हो ।
यसअघिको सुनुवाइ निवेदककै कानून व्यवसायीको आग्रहमा स्थगित गरिएको थियो ।
उक्तरिट माथि प्रधानन्यायाधीश जबराकै इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।
प्रन्या जबराले कुलमान नियुक्तिको सक्कल कागजात मगाए पनि त्यसपछि सुनुवाइ हुन सकेको छैन ।