
गुगलले आफ्नो भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म ‘गुगल मीट’मा अटोमेटिक ब्राइटनेस फिचर जारी गरेको छ ।
यसले अब भिडियो कलका क्रममा भिजिब्लिटी (दृश्य) अझै राम्रो बनाउनेछ । प्रयोगकर्ताहरूले अब एकअर्कालाई राम्रोसँग देख्न पाउनेछन् । कम्पनीका अनुसार यो फिचरको प्रयोग एड्मिनले मात्रै होइन, सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् ।
गगुल ब्लगपोस्टका अनुसार यो नयाँ फिचरको प्रयोग डेक्सटप प्रयोगकर्ताले गर्न पाउनेछन् । मोबाइल प्रयोगकर्ताका लागि पनि यो फिचरका लागि केही दिन पर्खनुपर्ने भएको छ ।
यसका लागि वेब प्रयोगकर्ता सबभन्दा पहिले सेटिङमा जानुहोस् । यहाँ एडजस्ट भिडियो लाइटिङ अप्सन देखिनेछ । त्यसलाई अन गर्नुपर्ने हुन्छ । यसपछि प्रयोगकर्ताको कम लाइट भएमा यसले अटोमेटिक ब्राइटनेस बढाइदिनेछ ।