जेठ ९, २०७९
नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्...
इन्टरनेटको शुल्क बढाउने प्रयासप्रति क्यान महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
विगत केही दिनदेखि नेपाल विद्युत प्राधिकरणको गतिविधिका कारण निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने प्रयास गरिरहेको महासंघले आरोप पनि लगाएको छ ।
‘इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरहरूलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासंघ र इन्टरनेट सेवा प्रदायक संघले विगतका नीति तथा कार्यक्रम तथा बजेटमा बारम्बार दिएको सुझावविपरीत सरकारी निकायकै गतिविधिका कारण पूर्वाधारको लागत अझ बढ्न गई इन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक १५० देखि ३०० सम्म शुल्क बढ्नु पक्कै पनि सुखद हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।
क्यान महासंघले ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणसँग पोल तथा ओपीजीडब्ल्यू भाडादर बढाउने निर्णय फिर्ता लिन तथा पोल एवं ओपीजीडब्ल्य भाडादर पुनरावलोकन समितिको प्रतिवेदन र २०७७ भदौ ५ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णयअनुरुप भाडादर लागू गर्न अनुरोध गरेको छ ।
‘प्रतिकिलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवा प्रदायक, आमउपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि व्यावहारिक नहुने क्यान महासंघको ठम्याइ छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै सो सम्बन्धी निर्णयका निम्ति सम्बन्धित पक्षहरूबीच बैठक र छलफलहरु भइरहेको अवस्थामा भरतपुरलगायत देशका विभिन्न ठाउँहरूबाट इन्टरनेट सेवा प्रदायकहरूका दूरसञ्चार उपकरणहरू विना अनुमति निकाल्ने/लैजाने, इन्टरनेट सेवा मर्मत गर्न रोक लगाउने जस्ता क्रियाकलापहरू रोक्न तथा विना अनुमति लगिएका दूरसञ्चार उपकरणहरू सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरुलाई तत्कालै फिर्ता गर्न सम्बन्धित पक्षहरूलाई क्यान महासंघ हार्दिक अनुरोध गर्दछ ।’
यस्तै महासंघले प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दूरसंचार प्राधिकरणसँग प्रत्यक्ष रुपमा इन्टरनेट सेवाको शुल्क बढ्ने गतिविधिहरूप्रति हस्तक्षेपकारी, अभिभावकीय एवं नेतृत्वदायी भूमिका तथा आवश्यक निर्णय र संयोजन गर्नसमेत अनुरोध गरेको छ ।
नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्...
आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय धुलिखेलले कर बक्यौता नतिर्ने ६१ कम्पनीको नाम सार्वजनिक गरेको छ । पटक पटक कर बक्यौता दाखिला गर्नका लागि ताकेता गर्दा पनि कर दाखिला नभएपछि नामावली स...
कोभिड महामारीका कारण बन्द रहेको बुद्ध एयरको काठमाडौं वाराणसी उडान आजबाट पुनः सञ्चालनमा आएको छ । विगत २ वर्षदेखि स्थगित रहेको बुद्ध एयरको अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालनमा आएको छ । यसअघि ब...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा धेरै गाडी आयात हुन थालेको बताएका छन् । गाडी धेरै आयात गरेर गाउँ–गाउँमा घर–घरका गाई बाँध्ने गोठसमेत ग्यारेज बनेको उनले बताए ।&nb...
आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकासको नाममा सांसदले गाउँमा बाड्ने पैसा नपाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा पैसा नछ...
नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालको कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । एशोसिएशनले शुक्रवार विहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । कर्णालीको बिकट जिल्ल...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...