
सरकारले राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकाले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
तर परराष्ट्र सेवाबाट राजदूत भएकाहरूलाई भने सरकारले जिम्मेवारीमा यथावत राख्ने भएको छ ।
सरकारको यो निर्णयसँगै अमेरिकाको लागि राजदूत भएर गएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि राजदूत भएका पूर्व मुुख्यसचिव लोकदर्शन रेग्मी लगायत फिर्ता हुनुपर्ने भएको छ ।