
सुदूरपश्चिम प्रदेशमा मंगलवार थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९६६ जनाको नमूना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १३, महाकाली अस्पतालमा ८ र डडेल्धुरा अस्पतालमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा ८, कैलालीमा २ र बैतडीका १ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर १३ जना संक्रमणमुक्त भएका छन् । यसअघि सोमवार प्रदेशमा ५३ जनामा संक्रमण पुष्टि हुँदा १९ जना संक्रमणमुक्त भएका थिए ।