
लामो समयदेखि हुन नसकेको मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरू भएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश र नयाँ दल दर्ताका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ ।
गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनकै दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नहुँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने मत राखेका छन् भने एकीकृत समाजवादीका अध्यक्ष नेपालले अध्यादेश खारेज गर्न नहुने अडान लिएका छन् ।