०७ असार २०८३, आइतबार

माधव नेपालको पार्टीका यस्ता छन् तत्कालिक तीन कार्यभार

माधव नेपालको पार्टीका यस्ता छन् तत्कालिक तीन कार्यभार

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले वैचारिक, सांगठनिक र राजनीतिक गरी पार्टीका तत्कालिक तीन कार्यभार रहेको बताएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा उनले यी तीन कार्यभारबारे यसरी ब्याख्या गरेका छन्ः


वैचारिक

आजको हाम्रो एउटा महत्वपूर्ण कार्यभार नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु । आज नेपाली कम्युनिष्ट आन्दोलनमा जुन गलत विचार र विकृति विसङ्गति पैmलिएको छ त्यसलाई परास्त नगरी कम्युनिष्ट आन्दोलनको रक्षा हुन सत्तैmन । गलत विचार र विसङ्गतिलाई परास्त गर्ने वैचारिक सङ्घर्षबाट नै हो । वैचारिक सङ्घर्ष भनेको अध्ययन, बहस, छलफल आदि कार्य सञ्चालन गर्नु हो । त्यसैले यतिबेलाको हाम्रो वैचारिक कार्यभार व्यापक रूपमा राजनीतिक तथा सैद्धान्तिक अध्ययन र प्रशिक्षण सञ्चालन गर्नु हो । त्यसका निम्ति पार्टीका दस्तावेजहरूको साथै विभिन्न प्रकारका अध्ययन सामग्री तयार गर्ने, नियमित रूपमा पार्टी स्कूल सञ्चालन गर्ने, पार्टीले अगाडि सार्ने नीतिगत विषयका दस्तावेजहरूउपर विभिन्न ढङ्गले छलफल चलाउने, विभिन्न प्रकारका अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने र सहभागीहरूबाट सुझाव लिने आदि कार्य गरिने छ । केपी ओली गुटले पैmलाएका भ्रमलाई चिर्ने र त्यस गुटले गरेका राष्ट्रविरोधी, जनविरोधी र लोकतन्त्र विरोधी क्रियाकलापहरूको भण्डाफोर गर्ने अर्को एक महत्वपूर्ण वैचारिक कार्यभार हुनेछ ।

समाजमा व्याप्त अन्धविश्वास र कुरीतिलाई हटाउन सामाजिक सचेतना अभियान सञ्चालन गरिने छ । जातीय विभेद, छुवाछुतजन्य व्यवहार, महिला हिंसाजस्ता कुकृत्यका विरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यमा पार्टीले अगुवाइ गर्ने छ । सन्देशमूलक नाटक, गीत, कविताजस्ता साहित्यको माध्यमबाट पनि अन्धविश्वास, कुरीति र विकृति विसङ्गतिका विरुद्ध अभियान चलाइने छ ।  
राजनीतिक 

नेपाली जनताको कष्टसाध्य सङ्घर्षद्वारा स्थापित लोकतन्त्रको रक्षा गर्नु र यसलाई विकसित गर्दै समाजवादको दिशामा अगाडि बढाउनु यतिबेलाको हाम्रो मुख्य राजनीतिक कार्यभार हो । त्यसका निम्ति नेपाली जनताले आफ्ना प्रतिनिधिहरू मार्पmत आपैm बनाएको संविधानको रक्षा र पूर्ण कार्यान्वयन हुनुपर्दछ । हामी त्यस कार्यमा पूर्ण निष्ठाकका साथ प्रयत्शील रहने छौँ ।

राजनीतिमा व्याप्त भ्रष्टता, नातावाद, कृपावाद, दलाली, राजनीतिक पदहरूको खरिद बिक्री आदि कारणले आम रूपमा राजनीतिप्रति वितृष्णा र विकर्षण फैलिएको छ । यो वितृष्णा र विकर्षणलाई हटाएर राजनीतिलाई शुद्ध पार्नका निम्ति भ्रष्टाचार, कुशासन, दलाली, कमिशनतन्त्र, नातावाद, कृपावाद आदि गलत कार्यका विरुद्ध राजनीतिक जागरण अभियान सञ्चालन गर्नु आवश्यक छ । देशको सचेत युवा पंक्तिलाई संलग्न गराएर राजनीतिक सचेतना र शुद्धिकरण अभियान सञ्चालन गरिने छ । युवाहरूलाई पार्टीका विभिन्न तहमा जिम्मेवारी दिएर युवा नेतृत्व विकास गर्ने र राजनीतिमा युवाहरूको सकृय सहभागिता मार्पmत राजनीतिक शुद्धिकरण अभियान सञ्चालन गरिने छ । त्यस अभियानले देशको दुषित राजनीतिक वातावरणलाई शुद्ध पार्नका निम्ति र हाम्रा आफ्नै गलत आचार व्यवहारलाई शुद्ध पार्नका निम्ति समेत योगदान गर्नेछ ।

अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो । वामपन्थी शक्तिहरूबिच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो । छिमेकी तथा सवै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्मान र समानताका आधारमा सम्बन्ध विकास गर्नु पनि यतिबेलाको अर्को एक महत्वपूर्ण राजनीतिक कार्यभार हो ।

राजनीतिक क्षेत्रमा आएको परिवर्तन अनुरूप आर्थिक सामाजिक क्षेत्रमा परिवर्तन नहुँदा व्यवस्था बदलिए पनि देश बदलिएन भन्ने भान परेको छ । यसको संवोधनका निम्ति आर्थिक सामाजिक रूपान्तरणका अभियान सञ्चालन गर्नु आवश्यक छ । त्यस अभियानको अगुवाइ हामीले गर्नुपर्दछ, गर्नेछौँ । देशभित्र रोजगारीका अवसर नहुदा ठूलो सङ्ख्यामा मुलुकको विज्ञ युवा शक्ति विदेश पलायन भैरहेको छ । मुलुकको युवा शक्तिलाई देशभित्रै रहेर विकास अभियानमा सरिक हुने वातावरण सिर्जना गर्नु आवश्यक छ । धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गरेर मात्र त्यो आवश्यकता पूरागर्न सकिने छ । रोजगारीका अवसर सिर्जना गर्न मुलुकमा ठूलठूला परियोजनाहरू सञ्चालन गर्नु आवश्यक छ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग धन्दाको स्थापना र कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्नका निम्ति अभियान चलाइने छ । कृषि उत्पादनको बिक्रीको प्रत्याभूति गरिने छ र यसका लागि आवश्यक योजना बनाइने छ । व्यापक रूपमा सहकारी अभियान चलाइने छ । स्वरोजगार सिर्जनाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने छ । प्रबासमा रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव र पुँजीलाई राष्ट्रिय विकासको अभियानमा परिचालन गरिने छ । पार्टीले त्यस्ता अभियानको राजनीतिक नेतृत्व गर्नेछ । स्वयम् युवाहरूलाई सम्लग्न गराएर त्यस प्रकारका अभियान सञ्चालन गरिने छ । जलवायु परिवर्तन, जैविक असन्तुलन तथा वातावरणीय प्रदुषणका विरुद्ध जनचेतना अभिवृद्धि अभियान चलाइने छ । साथै विपत् जोखिम न्युनिकरणमा जोडदिदै आपत् विपत्मा परेका जनतालाई राहत सहयोग गर्ने अभियान ।

साङ्गठनिक 

यतिबेलाको हाम्रो साङ्गठनिक कार्यभार कम्युनिष्ट पार्टीको पुनर्गठन र रूपान्तरण गर्नु हो । निकट भविष्यमै पार्टीको राष्ट्रिय सम्मेलन गरेर त्यस कार्यलाई अगाडि बढाइने छ । अहिले चालु रहेको पार्टी कमिटीहरूको गठन तथा पुनर्गठन कार्यलाई केही समयसम्म अभियानकै रूपमा चलाइने छ । पार्टी सदस्यता वितरण अभियान चलाइने छ । कमिटीहरूको गठन–पुनर्गठन र पार्टी सदस्यता वितरण अभियान आधारभूत रूपमा सम्पन्न भैसकेपछि स्थानीय पार्टी कमिटीका अधिवेशन गर्दै अगाडि बढिने छ । पार्टी सम्बद्ध जनवर्गीय सङ्गठन, पेसागत सङ्गठन, सामुदायिक सङ्ठन र प्रबासी सङ्गठन निर्माण कार्य पनि तीब्र गतिमा अगाडि बढाइने छ ।

व्यक्तिवाद आज पार्टीहरूमा रहेको एउटा गम्भीर नकारात्मक प्रवृत्ति हो । पार्टीलाई विधि पद्धतिका आधारमा संस्थागत ढङ्गले नचलाई नेताको व्यक्तिगत चाहनाको आधारमा स्वेच्छाचारी ढङ्गले चलाउने कार्यशैलीले गर्दा पार्टीलाई व्यक्तिका निजी कम्पनी जस्तो बनाएको छ । यस्तो स्थितिको अन्त्य हुनैपर्दछ । त्यसका निम्ति पार्टीलाई नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढङ्गले चलाउने कार्यशैली स्थापित गर्नुपर्दछ । हामीले त्यो कार्यशैली स्थापित गर्नेछौँ र व्यवहारमै फरकपन देखाउने छौँ ।

पार्टीलाई देशभक्त एवं स्वाभिमानी राजनीतिक शक्तिको रूपमा स्थापित गरिने छ । आजसम्मका सवै उपलब्धिहरूको रक्षागर्ने लोकतन्त्र, समाजवाद र राष्ट्रको पहरेदार शक्तिका रूपमा स्थापित गरिने छ । श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने क्रान्तिकारी पार्टीका रूपमा पुनस्थापित गरी गतिशील ढङ्गले सञ्चालन गरिने छ । पार्टीमा मौलाएर आएको चरम विकृति र विङ्गतिलाई हटाइने छ । पद, प्रतिष्ठा, निजी स्वार्थमा तल्लिन र परमुखापेक्षी होइन निस्वार्थी, आत्मनिर्भर, जनसेवी, लोकतन्त्र र समाजवादप्रति समर्पित कार्यकर्ता पंक्ति तयार गरिने छ ।

सङ्गठन निर्माण र परिचालन गर्दा आर्थिक पक्षको पनि महत्वपूर्ण भूमिका हुने भएकाले पार्टीको आर्थिक कोष निर्माणका लागि आर्थिक सहयोग सङ्कलन अभियान चलाइने छ । हाम्रो पार्टी सञ्चालनको मुख्य आर्थिक आधार कार्यकर्ताबाट उठाइने लेवी तथा सदस्यता शुल्क र समर्थक, सुभेच्छुक तथा आम जनताबाट उठाइने स्वेच्छिक सहयोग एवं जनस्तरमै सञ्चालन गरिने विशेष आर्थिक सहयोग हुनेछ । पार्टी लेवी र सदस्यता शुल्क नियमित गरिने छ । आर्थिक स्वच्छता र पारदर्शीता नहुनु पार्टीहरूमा रहेको अर्को एक कम्जोर पक्ष हो । हामीले यस कम्जोर पक्षलाई रहन नदिन आर्थिक नियम र अनुशासनको पालन गर्दै स्वच्छ एवं पारदर्शी ढङ्गले आर्थिक कारोबार सञ्चालन गर्नेछौँ । पार्टीका हरेक कार्यक्रम र गतिविधि मितव्ययी ढङ्गले सञ्चालन गर्ने छौँ । पार्टीका हरेक नेता तथा कार्यकर्तालाई सादा जीवन र उच्च विचारको जीवनशैली अपनाउन लगाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्