×

Nic Asia
Marvel

काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न

काठमाडाैं | असोज ५, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो ।

IME BANK INNEWS
morang Auto yamaha

    सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् ।


Advertisment
NMB BANK
Saurya island

काठमाडौँमा १३८ वडामध्ये ६० प्रतिशत वडाको निर्वाचन सर्वसम्मत भए पनि केही वडामा भने वडा सभापति र सचिवलगायतका पदमा निर्वाचन हुन लागेको प्रमुख निर्वाचन अधिकृत आचार्यले बताए । काठमाडौँमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् ।

    करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । कांग्रेसले गाउँ÷नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

Vianet communication
Maruti inside

    यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

TATA Below
NLIC
fman
जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ३६ हजार नजिक पुगेको  छ ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत ल्याएका हुन् ।  उनका निकटतम प्रत...

जेठ ७, २०७९

 काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् ।  काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...

जेठ ७, २०७९

मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन ।  रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् ।  भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाए...

जेठ ७, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...

जेठ ७, २०७९

तनहुँको ब्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले झिनो मतान्तरका साथ अग्रता बनाएका छन् । पूर्वमन्त्री गोविन्द राज जोशीका छोरा दीपकराजले ४५ मतको अग्रता बनाएका हुन् ।  एमालेसँग तालमेल गर...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x