०७ असार २०८३, आइतबार

राजपाका नेतालाई देउवा निवास लिएर पुगे मातृका

कात्तिक २०, २०७४
राजपाका नेतालाई देउवा निवास लिएर पुगे मातृका
काठमाडौँ, ४ असार -प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजप)लाई निर्वाचनमा सहभागी गराउन अन्तिम समयसम्म प्रयास गरेका छन् । पार्टी नेताहरू विमलेन्द्र निधि, फरमुल्लाह मन्सुरमार्फत अनौपचारिक छलफल चलाउँदै आएका देउवाले शनिबार बिहान राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवलाई आफ्नै निवास बूढानीलकण्ठमा भेट गरी दोस्रो चरणको निर्वाचनमा सहभागी हुन आग्रह गरे । भेटमा माओवादी केन्द्रका नेता मातृका यादव पनि सहभागी थिए । मातृका राजपा नेता महेन्द्र राय यादवलाई लिएर देउवानिवास पुगेका थिए, नयाँ पत्रिकामा खबर छ ।matrika

प्रधानमन्त्री देउवाले तराई–मधेसको विकास र राजनीतिक अधिकारका लागि पनि राजपाले निर्वाचनमा भाग लिनुपर्ने भन्दै यादवलाई सम्झाएका थिए । ‘मधेसमा कहिले द्वन्द्व र कहिले अधिकारका हिसाबले पछि पार्दै आइयो । निर्वाचनपछि आउने जनप्रतिनिधिले अधिकार र विकास सबै गाउँगाउँसम्म लान्छन्,’ देउवाले भने, ‘त्यसैले अधिकार दिलाउने निर्वाचनमा भाग लिएर जनमतको सदुपयोग गर्नुस् । तराईंका जनताको भावनाअनुसार हामी निर्वाचनपछि संविधान संशोधन गरेर जान्छौँ । अहिले मधेसी जनताको निर्वाचनका भाग लिन पाउने अधिकारलाई वञ्चित नगर्नुस् ।’ प्रधानमन्त्री देउवाले दुई असोजसम्म राजपाकै नाममा निर्वाचन लड्ने वातावरण बनाउने भन्दै अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आग्रह गरेका थिए ।

यसअघि राजपाका नेता महेन्द्र यादव र शरत्सिंह भण्डारीले पहिलोचोटि दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा सार्ने गरी मध्यमार्गी प्रस्ताव ल्याएका थिए । राजपामा यी दुई नेता मध्यमार्गी धारका भएकै कारण कांग्रेस र माओवादीका नेताले उनीहरूलाई मनाउने प्रयास गर्दै आएका छन् । आइतबार एक, पाँच र सात नम्बर प्रदेशमा उम्मेदवार मनोनयन गर्ने कार्यतालिका छ ।

कमेन्ट गर्नुहोस्