२३ जेठ २०८३, शनिबार
सरकार बनेको ७२ दिनपछि परराष्ट्रमन्त्री

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त, १ बजे राष्ट्रपति भवनमा शपथ

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त, १ बजे राष्ट्रपति भवनमा शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिश गरेका छन् ।

दिउँसो १ बजे नवनियुक्त मन्त्रीको शपथको तयारी भएको शितलनिवास स्रोतले लोकान्तरलाई जानकारी दियो ।

सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा शहरी विकास मन्त्री थिए ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले शुरूको दिन ४ मन्त्री नियुक्त गरेका थिए ।

त्यसको दुई हप्तामा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । सरकार बनेको ७२ दिनपछि मन्त्रिपरिषदमा नयाँ मन्त्री थपिन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्