२३ असार २०८३, मंगलबार

परराष्ट्रमन्त्री खड्काले राष्ट्रपतिबाट लिए शपथ

परराष्ट्रमन्त्री खड्काले राष्ट्रपतिबाट लिए शपथ

परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधवार शपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले शपथ गराएकी हुन् । 

सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा शहरी विकास मन्त्री थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्