
अमेरिकामा एक कार्यक्रममा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड पाएका छन् ।
अमेरिकाको लसभेगसमा आयोजित एक कार्यक्रममा करीब ५ हजार बीमा अभिकर्ताहरूका बीच विभिन्न फरक विधामा १० नेपालीले अवार्ड पाएका हुन् ।
बीमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फाइनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो । बीमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गर्नेमा विभिन्न राज्यबाट रहेका छन् ।
नेपाली समुदायबाट अवार्ड पाउनेमा गगन केसी, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौला रहेका छन् । करीब २० विधामा १५० बढीले अवार्ड पाएका छन् ।
अमेरिकामा नेपाली समुदायले कसैको मृत्यु हुँदा समेतमा गो फण्ड खोल्नु भन्दा सानोतिनो प्रिमियम तिरेर आफ्नो र परिवारका लागि सहज बनाउन उत्तम हुने र सोही कुराको हाम्रो समुदायमा बुझाउन सकिएकाले अवार्ड प्राप्त गर्न सफल भएको अवार्ड पाउने मध्येका एक गगन केसीको भनाइ छ ।