२५ जेठ २०८३, सोमबार

भारतमा बन्यो उड्ने कार, लन्च गर्ने अन्तिम तयारी

असोज ६, २०७८
भारतमा बन्यो उड्ने कार, लन्च गर्ने अन्तिम तयारी

भारतमा बनेको चेन्नई बेस्ड विनाता एरोमोबिलिटी हाइब्रिड फ्लाइङ कार अक्टोबर ५ तारिखमा लन्च हुने भएको छ ।

यससँगै भारतीय बजारमा उड्ने कार उपलब्ध हुनेछ । चेन्नई बेस्ड स्टार्टअप एसियाको पहिलो हाइब्रिड फ्लाइङ कार हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उड्ने कारको प्रयोग अफिस आउजाउ गर्नदेखि आकस्मिक स्वास्थ्य सेवामा गर्न सकिने जनाइएको छ । भारतका उड्ययन मन्त्री ज्योतिरादित्य सिंधियाले चेन्नई बेस्ड स्टार्टअपको युवा टीमले बनाइरहेको उड्ने कारबारे आफूलाई जानकारी गराइएको बताए ।

कारमा राखिएको डिजिटल उपकरण र आर्टिफिसियल इन्टेलिजेन्सले चलाउन र उडाउन सहज हुने कम्पनीको दाबी छ ।

कारको गति १००–१२० किलोमिटर प्रतिघण्टासम्म रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्