३१ जेठ २०८३, आइतबार

नेपालको अर्थतन्त्रमा सामान्य वृद्धि हुने एडीबीको प्रक्षेपण

असोज ६, २०७८
नेपालको अर्थतन्त्रमा सामान्य वृद्धि हुने एडीबीको प्रक्षेपण

एशियाली विकास बैंक (एडीबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

बैंकको प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई बुधवार अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो ।

बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो । 

पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले संक्रमण घटाउने विश्लेषणका आधारमा संकुचित अर्थतन्त्रमा सुधार आउने अनुमान गरिएको छ । 

पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसअघि त्यो ३.६ प्रतिशतमा सीमित रहने आकलन गरिएको थियो । 

जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ । विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालू खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्