२१ जेठ २०८३, बिहीबार

नेपाली सेनाका तालिमरत अधिकृतबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

नेपाली सेनाका तालिमरत अधिकृतबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत ‘अल आर्मी कमाण्ड एण्ड स्टाफ कोर्स (एएसीएससी) सि.सं. ३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधवार अवलोकन भ्रमण सम्पन्न भएको छ ।

सो क्रममा उनीहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र संग्रहालय समेतको अवलोकन गरे ।

अवलोकनपश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतले नेपाल प्रहरी संगठनको इतिहास एवं कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गरे ।

नेपाल प्रहरी सम्बन्धी विविध विषयमा तालिमरत अधिकृतहरूले राखेका जिज्ञासाको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सबै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको बताए । आगामी दिनमा समेत सकारात्मक कार्यहरू सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदानप्रदान हुने उनले उल्लेख गरे ।

प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेको कार्यक्रममा सेनानी राहुल अधिकारीले भ्रमणमा सहभागी तालिमरत अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्