२३ असार २०८३, मंगलबार

हास्य कलाकार 'हुरहुर'को निर्देशनमा बनेको 'उकुसमुकुस' प्रशारणमा

हास्य कलाकार 'हुरहुर'को निर्देशनमा बनेको 'उकुसमुकुस' प्रशारणमा

हास्य श्रृङ्खला तथा हास्य सामग्रीका दर्शकहरु बढ्दै गएको अवस्थामा नयाँ शैलीको हास्य टेली चलचित्र “उकुसमुकुस” बुधवार साँझदेखि प्रशारण भएको छ ।

हास्य कलाकार दिलिप तामाङ “हुरहुर” को कथा तथा निर्देशनमा तयार भएको हास्य श्रृङ्खला युट्युब च्यानल ‘आमा अग्नीकुमारी’ बाट असोज ६ गते बुधबार साँझ ७ बजेदेखि प्रशारण भएको हो । 

गोल्ड फिल्मसको निर्माणमा तयार पारिएको शृङ्खलाका निर्माता नहकुल भट्टराई हुन् ।

केदार घिमिरे “माग्ने बूढा” को संवादमा तयार पारिएको हास्य श्रृंखलाको पटकथा दिपक लम्साल र टुल्कु तामाङको रहेको छ । त्यसैगरि सितादेवी तिमल्सिना शृङ्खलामा सहायक निर्देशकको जिम्मेवारीमा छिन् । 

हास्य कलाकार तथा शृङ्खलाका निर्देशक दिलिप तामाङ “हुरहुर” र जयनन्द लामाको जोडदार प्रस्तुती शृङ्खलामा देख्न सकिन्छ । त्यसैगरी धनराम मुस्कान, देवी आले “सुन बूढी”, भुईसाल लामा, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङ, सोहन थापा लगायत कलाकारहरुले हास्य शृङ्खलामा अभिनय गरेका छन् । 

निर्देशक तामाङ्का अनुसार हास्य श्रृङ्खला फरक परिवेशमा तयार पारिएको छ ।

“दर्शकहरुले देखिरहनु भएका धेरै कलाकारहरुको सामुहिक कामबाट तयार भएको श्रृङ्खला उत्कृष्ट बनेको छ,” निर्देशक हुरहुरले भने । 

“तत्काललाई युट्युब च्यानलबाट मात्र प्रशारण सुरु भएको यो कार्यक्रम केही समय पछि टेलिभिजनको पर्दामा पनि हेर्न सकिन्छ । त्यसको तयारी भईरहेको छ” शृङ्खलाका निर्माता भट्टराईले भने ।

salt training

कमेन्ट गर्नुहोस्