२५ जेठ २०८३, सोमबार

अशोक लेलैण्ड दसैँ तिहारको बहार, स्योर सटको साथमा बम्पर उपहार

अशोक लेलैण्ड दसैँ तिहारको बहार, स्योर सटको साथमा बम्पर उपहार

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

ग्राहकको मागअनुसार योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानीलान सक्ने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन, साथमा थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टीभी साथै क्यास डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । आईसीभी हलेज एमसीभी टिपर वा बसको खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस टर्क स्कुटर पाउन सक्ने पनि कम्पनीले जनाएको छ ।

आईसीभी हलेज एमसीभी टिपर वा बस दुवैको एकसाथ खरिदमा ६० ग्राम सुन अर्थात एप्पल म्याक बुक प्रो साथमा आईफोन १२ प्रो म्याक्स प्राप्त गर्न सकिने छ । ग्राहकले रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पनि पाउन सक्नेछन् ।

एचसीभी साथै आईसीभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन वा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटर्क स्कुटर पाउन सकिने कम्पनीले जनाएको छ । यो योजना मंसिर ३० गतेसम्म लागु हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्