×

NMB BANK
NIC ASIA

आगलागीपछि पुनः सञ्चालनमा आयो नेबिको बिस्कुट

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आगलागी भएको ४४ दिनपछि नेबिको बिस्कुटले पुनः उत्पादन शुरू गरेको छ । गत साउन २३ गते बालाजुस्थित उद्योगमा पूर्णरूपमा क्षति भएको नेबिकोले छोटो समयमा नै उत्पादन शुरू गरेको हो ।

Muktinath Bank

कम्पनीले आजदेखि औपचारिकरूपमा बालाजु प्लान्टबाट उत्पादन शुरू गरिएको जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले राम्रो व्यवस्थापनका कारण आगलागीबाट पूर्णरूपमा बन्द भएको उद्योग सञ्चालमा ल्याउन सफल भएको जानकारी दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“आगलागीबाट भएको क्षतिसँगै हामीले ५७ वर्ष इतिहास बोकेको उद्योगलाई जोगाउनुपर्छ भनेर रातदिन नभनी काम ग¥यौँ । व्यवस्थापनसँगै सम्पूर्ण कर्मचारीको साथ र सहयोगबाट नै उद्योग पुनःसञ्चालमा ल्याउन सफल भयौँ”, उनले भने।


Advertisment
Nabil box
Kumari

उनका अनुसार आजदेखि उत्पादन शुरू भए पनि दुई÷तीनदिनपछि मात्र उद्योगका उत्पादन बजार पठाइने छ । आजदेखि प्लान्ट सञ्चालमा आए पनि पूर्णरूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

विसं २०२१ मा बालाजुस्थित औधोगिक क्षेत्रमा नेपालकै पहिलो बिस्कुट उद्योगका रुरूपमा स्थापना गरिएको उद्योगमा आगलागी हुँदा भवनसँगै आवश्यक उपकरण जलेर नष्ट भएको थियो । रु १२ करोड बराबरका कच्चापदार्थ, एउटा मेसिन र एक कार्यालय भवन पूर्णरूपमा नष्ट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले जानकारी दिए । 

उहाँका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये हाल एक मेसिनको मर्मतसम्भार गरेर सञ्चालमा ल्याइएको हो । आगलागीअघि दैनिक दुई वटा प्लान्टबाट दैनिक २० देखि २२ टन उत्पादन गर्दै आएको बालाजु प्लान्टबाट अब १६ टन हाराहारी मात्र उत्पादन हुने अनुमान गरिएको छ । उनका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये एक मेसिन पूर्णरूपमा ध्वस्त हुँदा एउटाबाट दैनिक १६ टन उत्पादन हुने अनुमान गरिएको छ ।

बालाजु प्लान्टमा आगलागीपछि बजारको मागअनुसार भैरहवामा रहेको प्लान्टलाई २४सै घण्टा सञ्चालन गरिएको उनले जानकारी दिए । “आगलागीपछि हामीलाई लामो इतिहास बोकेको उद्योेगको सान जोगाउने चुनौती थपियो ।

आर्थिक तथा मानसिक तनावमा त थियौँ, तर हामीसँग त्योभन्दा बढी इतिहास जोगाउनुपर्ने दबाबका कारण तीन समूहलाई कार्यविभाजन गरेर कामको जिम्मा लगायौँ”, उनले भने, “एक समूह बजारको मागअनुसार दैनिक १६ घण्टा सञ्चालनमा आएको भैरहवा प्लान्टलाई २४ घण्टा सञ्चालन गर्न लागि प¥यो । फलस्वरूप हामीले भैरहवा प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरेर बजारको माग पूर्ति गर्न सफल भयौँ ।” नेबिको बिस्कुटले २०७४ सालमा भैरहवामा बन्द अवस्थामा रहेको उद्योगलाई खरिद गरेर प्लान्ट सञ्चालन गर्दै आएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x