२८ जेठ २०८३, बिहीबार

खोटाङमा मनोनयन दर्ता गर्न समय बाँडियो, पहिला माओवादी त्यसपछि एमालेले दर्ता गर्ने

कात्तिक २०, २०७४
खोटाङमा मनोनयन दर्ता गर्न समय बाँडियो, पहिला माओवादी त्यसपछि एमालेले दर्ता गर्ने

खोटाङ, ४ असार-आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा दलबीच समय बाँडिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई समय विभाजन गरेको हो ।

मनोनयन दर्ताका लागि नेकपा (माओवादी केन्द्र)लाई बिहान ८ बजेदेखि ८.४५ बजेसम्म, नेकपा (एमाले) लाई ९ बजेदेखि ९.४५ बजेसम्म, नेपाली काँग्रेसलाई १० बजेदेखि १०.४५ बजेसम्म, राप्रपालाई दिउँसो ११ बजेदेखि ११.४५ बजेसम्म, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई १२ बजेदेखि १२.४५ बजेसम्म, नेकपा (माले)लाई १ बजेदेखि १.४५ बजेसम्म र खम्बूवान् राष्ट्रिय मोर्चालाई २ बजेदेखि २.४५ बजेसम्मको समय छुट्याइएको छ ।

मनोनयन दर्ताका क्रममा हुने अनियन्त्रित भीड नियन्त्रणका लागि दललाई समयको पालो बाँडिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

स्वतन्त्र उम्मेदवारलाई भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा मनोनयन दर्ता गर्न पाउने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि सहज तरिकाले फरकफरक समयमा मनोनयन गर्ने तयारी भएको छ ।

आगामी निर्वाचनका लागि जिल्लामा १२ दल दर्ता भएका छन् । एक लाख १५ हजार ६४४ मतदाता रहेको खोटाङमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्