काठमाडौंमा एमालेको बृहत् भेला, ओली, पोखरेल र थापाले सम्बोधन गर्ने

फाइल फोटो

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीवार बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ ।


Advertisement

राष्ट्रिय सभागृहमा दिउँसो २ बजे शुरू हुने भेलालाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Advertisement

असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनको सन्दर्भमा भेला आयोजना गरिएको उपत्यका विशेष प्रदेश कमिटीकी अध्यक्ष सुजिता शाक्यले जानकारी दिइन् ।

कार्यक्रमलाई एमाले महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य रामबहादुर थापाले पनि सम्बोधन गर्ने शाक्यले बताइन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्