×

NMB BANK
NIC ASIA

सानो रकममा समेत लोभ

राजधानीमै घर भएका सांसदले पनि लिए उपचार खर्च, छोरा डाक्टर हुनेले समेत छाडेनन् !

असोज ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

शंकर पोखरेल नेतृत्वको निवर्तमान लुम्बिनी प्रदेश सरकारमा ९९ दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका एमाले सांसद भोजप्रसाद श्रेष्ठले प्रदेश सभाबाट ३५ हजार रूपैयाँ उपचार खर्च लिएका छन् ।

Muktinath Bank

तत्कालीन बुटवल नगरपालिकाको मेयर समेत भएका एमाले सांसद श्रेष्ठको बुटवलको सुख्खानगरमा २ तले घर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रेष्ठका एक छोरा औषधि व्यवसायी र अर्का डाक्टर छन् । सामान्य उपचार खर्च आफैं बेहोर्न सक्ने अवस्था भए पनि सांसद श्रेष्ठले राज्यकोषबाट आर्थिक वर्ष २०७७/०७८ मा ३५ हजार ३६ रूपैयाँ उपचार खर्च लिएका हुन् । श्रेष्ठले अघिल्लो आव (२०७६/०७७) मा पनि ३५ हजार १६९ रूपैयाँ उपचार खर्च लिएका थिए । 


Advertisment
Nabil box
Kumari

एमालेकै अर्का सांसद विष्णुप्रसाद पन्थीको बुटवल लक्ष्मीनगरमा २ तले घर छ । कपिलवस्तुबाट निर्वाचित सांसद पन्थी आफ्नै ‘लग्जरियस’ गाडीमा हुइँकिन्छन् ।  पन्थीको कपिलवस्तुको वाणगंगामा पनि घर छ । तर, उनले पनि सामान्य उपचार खर्चका लागि राज्यको मुख ताकेका छन् । उनले आव २०७७/०७८ मा प्रदेशसभाबाट २५ हजार ५८५ रूपैयाँ लिएका छन् । 

Vianet communication
Laxmi Bank

सत्ता साझेदार दल कांग्रेसका सांसद बसिउद्धिन खाँ पनि रुपन्देहीकै हुन् । सामान्य उपचारका लागि राज्यको मुख ताक्नुपर्ने खालको अवस्था भएका सांसद होइनन्, तर उनले समेत राज्यकोषबाट यो वर्ष ३१ हजार ३२३ रूपैयाँ उपचार खर्च लिएका छन् । 

कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले २ लाख ४९ हजार १५७ रूपैयाँ लिएका छन् । कपिलवस्तुका उनी उखु उद्योगी हुन् । उनले उखु किसानले ८ करोड रूपैयाँभन्दा बढी भुक्तानी नगरेको आरोप छ । 

उनका लागि त्यो दुई लाख रुपैयाँका लागि राज्यको मुख ताक्नुपर्ने आवश्यकता देखिँदैन । आफूले तिनुपर्ने पैसा नर्तिने तर, लिने ठाउँ कही नछाडेको आरोप उनलाई लागेको छ । 

बुझे २३ लाख उपचार खर्च 

लुम्बिनी प्रदेशका ३६ सांसदले उपचार खर्चको नाममा सामान्य चेकजाँचको समेत बिल पेश गरेर आर्थिक वर्ष २०७७/०७८ मा झण्डै २३ लाख रुपैयाँ बुझेका प्रदेश सभाका सूचना अधिकारी विमला पौडेलले जानकारी दिइन् ।

उपचार कोषबाट रकम बुझ्नेमा पारिवारिक रूपमा आर्थिक हैसियत राम्रो भएका र आफ्नो घर भाडामा लगाएर हजारौं रुपैयाँ उठाउने सांसदहरू पनि छन् । 

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि २०७६ बनेपछि उपचार खर्च लिन थालिएको हो । 

उपचार कोषबाट रकम लैजानेमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य राजनीतिक दलका सांसद छन् । प्रदेश सभामा एमाले, माओवादी, कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गरी ८१ सांसद (यस अगाडि ८७) को प्रतिनिधित्व छ । 

सुगर, दाँत, ग्यास्टिक जाँच गरेको पनि बिल पेश गरेर सुविधा लिएका छन् । चिकित्सकको प्रेस्क्रिप्सन, औषधि र मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेश भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था छ । कार्यविधि अनुसार १ जना सांसदले उपचारबापत एक आर्थिक वर्षमा ५ लाख रूपैयाँसम्म उपचार कोषबाट रकम लिन पाउने व्यवस्था छ ।

प्रदेश सभाका एक कर्मचारीले भने, ‘सामान्य चेकजाँच गरेका चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा समेत उपचार कोषबाट माननीयहरूले रकम बुझनुभएको छ । रीतपूर्वक निवेदनसहित पेश गरेका छन् ।’ 

५० लाखभन्दा बढी मूल्यका गाडी चढेर प्रदेश सभामा आउने, जिल्ला सदरमुकाममा ३ तले घर भएका सांसदले समेत राज्यकोषबाट १०/१५ हजारको उपचारको खर्च बुझ्ने गरेका छन् । 

कुन सांसदले कति उपचार खर्च लिए ?  

गत आवमा लुम्बिनी प्रदेशसभाका ३६ सांसदले उपचार खर्च बुझेका छन् । 

कांग्रेस सांसद अष्टभुजा पाठकले ४८ हजार ४१९, जनता समाजवादी पार्टी (जसपा) सांसद (हाल पदमुक्त) कल्पना पाण्डेले १ लाख ८० हजार ३४३, एमाले सांसद कमलराज श्रेष्ठले ३२ हजार ५९५, सांसद कूलप्रसाद पोखरेलले ३९ हजार ७१०, कृष्णप्रसाद न्यौपानेले १ लाख १९ हजार ९३३ रुपैयाँ लिएका छन् । 

त्यसैगरी उपसभामुख कृण्णी थारुले २४ हजार ५६६, खड्गबहादुर खत्रीले १२ हजार ५२२, चिन्तावती कुर्मीले १५ हजार ५९०, डिल्लीबहादुर चौधरी (हाल मन्त्री) २ लाख ३७ हजार २७०, आशा स्वर्णकारले ३५ हजार १४२, तेजबहादुर वलीले ३६ हजार ४५०, थानकुमार थापाले २७ हजार ९९७ रकम उपचार खर्च बुझेकी छन् । 

त्यस्तै दधिराम न्यौपाने (हाल पदमुक्त) ५३ हजार ९१५, दिनेश पन्थी (हाल पदमुक्त) १६ हजार ६०८, दीपेन्द्रकुमार पुन मगर ७ हजार ६०७, दीपेश थारु १० हजार ३३, दीपा विक, २४ हजार ३५७, धमकली चौधरी १३ हजार ७७०, पुरनमान बज्राचार्य २ लाख २० हजार १६७, पुर्मती ढेंगा (हाल मन्त्री) २४ हजार ६४६, सभामुख पूर्णबहादुर घर्तीले १० हजार ८६५, माला गोतामे १ लाख ६० हजार ७५६, महम्मद याकुव अन्सारी ६९ हजार ५०४, रमा अर्याल ३७ हजार ४७९, रामजी प्रसाद घिमिरे २२ हजार ६६५, रुन्धावती शर्मा ४३ हजार ८५४, विजयबहादुर यादव (हाल पदमुक्त) १ लाख २६ हजार ४३८, विमला शर्मा पन्थी ६० हजार ६४९, वैजनाथ कलवार १ लाख ४ हजार ४५३, शंकर गिरी ३५ हजार ५८, शान्तीदेवि स्वर्णकार ४० हजार ६०४ र सरस्वती गौतम ४५ हजार ७७८ गरी २२ लाख ८० हजार ८४६ रूपैयाँ सांसदले उपचार खर्च लिएका हुन् ।

गएको आर्थिक वर्षमा २८ सांसदले १४ लाख ४९ हजार ५५० रुपैयाँ सांसदले उपचार खर्च बुझेका थिए । आव २०६६/६७ मा उपचार खर्चमा सबैभन्दा धेरै प्रदेश सभाले स्व.कांग्रेस दलका नेता बलदेव शर्मा पोखरेललाई ४ लाख ८६ हजार ४२४ रूपैयाँ दिएको थियो । आव २०७६/७७ मा अहिले कांग्रेस दलका नेता कनौडियालाई २ लाख ४९ हजार १५७ रूपैयाँ लिएका छन् ।  प्रदेश सभाका कर्मचारीले भने, ‘सांसदहरूले नैतिकताका आधारमा सुविधा लिन्न भन्नुभएको छैन । कानूनको सेवासुविधा छोड्दिन भन्नेलाई हामीले केही भन्न मिल्दैन ।’ 

सांसदमा नैतिकता छैनः सुशासनविद् 

सुशासनविद् खेमराज रेग्मीले नेता र सांसदहरूमा नैतिकता नभएको बताए ।

 रेग्मीले भने, ‘कानून नै बनाएर सुविधा लिने व्यवस्था गरिएपछि किन लिएका होलान् भन्न मिल्दैन । महामारीमा राज्यले नै कानून बनाएर उपचारबापतको रकम जनताको उपचार कोषमा राखौँ भनेको भए बाध्य हुन्थे तर आर्थिक रूपमा सम्पन्नहरूले सानो–सानो रकम पनि उदारता र नैतिकताले लिन्न भनेको भए राम्रो हुने थियो ।’ 

प्रदेशसभा सभामुखको ५३ हजार, उपसभामुखको ५०, विपक्षी दलका नेताको ५० र सचेतकको ४८ हजार र सदस्यको ४५ हजार रुपैयाँ मासिक पारिश्रमिक रहेकोमा साउनदेखि सेवासुविधा १५ देखि १८ प्रतिशतसम्म बढाइएको छ । संसद्ले बैठक भत्ता १ हजार पाउँछन् । 

सांसदलाई घरभाडाबापत १५ हजार रुपैयाँ समेत उपलब्ध गराइन्छ । बुटवलमा घर हुनेलाई ७ हजार ५०० रुपैयाँ दिइन्छ ।

सांसदले इन्धन खर्चदेखि गाडीको मोबिल समेत पाउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x