२१ जेठ २०८३, बिहीबार

नेपाली महिला फूटबल टोली स्वदेश फिर्ता

असोज ७, २०७८
नेपाली महिला फूटबल टोली स्वदेश फिर्ता
फाइल फोटो

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फूटबल टोली बिहीवार स्वदेश फर्किएको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फा) का पदाधिकारीले टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गत मंगलवार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । 

नेपालले छनोट चरणमा २ खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । २ खेलमा नेपालले १ अंक मात्र जोडेकाले अंक तालिकाको अन्तिम स्थानमा पुगेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्