१४ असार २०८३, आइतबार
प्रतिनिधि सभा

छैटौँ दिनपनि एमालेद्वारा संसदमा नाराबाजी, अवरोधकाबीच बजेटका पूरक विधेयक पारित गर्ने तयारी

छैटौँ दिनपनि एमालेद्वारा संसदमा नाराबाजी, अवरोधकाबीच बजेटका पूरक विधेयक पारित गर्ने तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार छैटौं दिनपनि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ ।

बिहीवार पनि प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु वेलमा गएर नाराबाजी गरेका हुन् ।

एमालेको नाराबाजीका बावजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कार्वाही अगाडि बढाएका छन् । 

माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेले भदौ २३ गतेदेखि संसदमा नाराबाजी कायम गरिरहेको छ ।

विपक्षीको नाराबाजीका बाबजुत प्रतिनिधि सभाबाट बजेटका पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक पारित हुँदैछ । 

यसअघि असोज ४ गते बसेको प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको थियो ।

राष्ट्रिय सभाबाट विनियोजन विधेयक बिहीवार पारित भएको थियो । 

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको सूचना प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभालाई जानकारी गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्