२५ जेठ २०८३, सोमबार

चालु खाता ४७ अर्ब ९० करोडले घाटामा, प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशत घट्यो

चालु खाता ४७ अर्ब ९० करोडले घाटामा, प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशत घट्यो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा सरकारको चालु खाता रु.४७ अर्ब ९० करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२४ अर्ब ८९ करोडले बचतमा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७८ साउन महिनाको तथ्यांकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई रु.६७ करोड ९७ लाख रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई रु.४८ करोड ६ लाख कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ३९ करोड रहेको थियो ।

 समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्