×

NMB BANK
NIC ASIA

फोहोरमैलाको दीर्घकालीन समाधानका उपायबारे काठमाडौंका मेयरलाई जरोकिलोको सुझाव

असोज ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मौलिक जरोकिलो पार्टीले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानको उपायबारे काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यलाई सुझाव दिएको छ ।

Muktinath Bank

बिहीवार मेयर शाक्यलाई ज्ञापनपत्र बुझाउँदै मौलिक जरोकिलो पार्टीका काठमाडौं महानगरपालिका समिति संयोजक मनोजराज आचार्यले फोहोरको पुनः प्रयोग हुने प्रविधिलाई प्रयोग गर्न सुझाव दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘फोहोरमैलाबाट पुनः प्रयोग गरेर विभिन्न सामानहरूको उत्पादन, फोहोर जलाएर विद्युत् उत्पादन र कुहिने फोहोरबाट मिथेन ग्यास र प्राङ्गारिक मल बनाउन सकिने प्रविधिको विकास भइसकेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘काठमाडौं महानगरका वासिन्दाको चासो स्मार्ट सिटी,  मोनोरेल र केवलकारमा भन्दा आफूभन्दा अग्लो फोहोरको थुप्रोमा रहेको हुँदा यथाशीघ्र काठमाडौं महानगरपालिकाले फोहोरमैलाको दीर्घकालीन समाधानको लागि कार्य गरोस् भन्ने अनुरोध छ ।’


Advertisment
Nabil box
Kumari

यस्तो छ ज्ञापन पत्रको पूर्णपाठ – 

Vianet communication
Laxmi Bank

श्रीमान् मेयर ज्यु,
काठमाडौँ महानगरपालिका,
काठमाडौँ, नेपाल ।

विषय : फोहोर व्यवस्थापनको दीर्घकालिन समाधान बारे ।

आदरणीय मेयर ज्यु, वि. सं. २०७४ सालको स्थानिय निकायको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भए काठमाडौँ महानगरपालिकालाई स्मार्ट शहरको रुपमा विकास गर्ने योजना तथा कार्यक्रम देखाउनुभएको थियो । मतदाताले मोनोरेल, केवलकार, अत्याधुनिक बस सेवा सहितको स्मार्ट सिटीको आश्वासन देखेर आफ्नो अमूल्य मत र तपाईंलाई मेयरमा जिताएका हुन् । तर तपाईंको कार्यकाल सकिने बेलासम्म काठमाडौँ महानगरपालिकामा न मोनोरेल आयो, न केवलकार आयो न अत्याधुनिक बस सेवा संचालनमा आयो न त तपाईंले भन्ने गर्नुभएको 'स्मार्ट सिटी' बन्ने कुनै छेकछन्द देखिन्छ । अरु त अरु साधारण शहरले पुरा गर्नुपर्ने न्युनतम मापदण्ड समेत पुरा गर्न सकेको छैन ।

काठमाडौँका विभिन्न स्थानहरूमा फोहोरको थुप्रो औसत नेपालीको उचाई भन्दा माथि पुगिसक्यो । तीन हप्ता भन्दा बढी भइसक्यो सर्वसाधारण नाक थुनेर हिंड्न बाध्य भएका । स्वास्थ्यविद्हरू हैजा, झाडापखाला, भाइरल ज्वरो, डेंगुजस्ता रोगहरूको महामारी फैलिनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिसके । कहिले समाधान हुन्छ काठमाडौँको फोहोरको समस्या ?

काठमाडौँको फोहोर नुवाकोटको सिसडोलमा लगेर पुर्नु फोहोर मैलाको दीर्घकालिन समाधान होइन । एकातिर सिसडोलका स्थानिय बासिन्दा फोहोरको कारण पटक पटक बिरामी परिरहने समस्या देखिएको छ भने गाडिएको फोहोरबाट निस्किएको फोहोर तरल (लिचेट) को कारण कोल्पू खोलामा प्रदुषित बनेर जैविक विविधता मासिएको छ । त्यसमाथि वर्षायाममा बाटो बिग्रिएर फोहोर काठमाडौँमै थुप्रिने अवस्था आउने हुँदा फोहोर मैला व्यवस्थापनको दीर्घकालिन समाधानको दिशामा अघि बढ्न अनुरोध छ ।

फोहोर मैलाबाट पुन:प्रयोग गरेर विभिन्न सामानहरूको उत्पादन, फोहोर जलाएर विद्युत उत्पादन र कुहिने फोहोरबाट मिथेन ग्यास र प्राङ्गारिक मल बनाउन सकिने प्रविधिको विकास भइसकेको छ । काठमाडौँ महानगरका बासिन्दाको चासो स्मार्ट सिटी, मोनोरेल र केवलकारमा भन्दा आफु भन्दा अग्लो फोहोरको थुप्रोमा रहेको हुँदा यथाशीघ्र काठमाडौँ महानगरपालिकाले फोहोरमैलाको दीर्घकालिन समाधानको लागि कार्य गरोस् भन्ने अनुरोध छ ।

मनोजराज आचार्य
संयोजक
काठमाडौँ महानगरपालिका समिति
मौलिक जरोकिलो पार्टी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x