२७ असार २०८३, शनिबार

राजपाको अवरोधका बीच यसरी हुँदैछ आज मनोनयन दर्ता

कात्तिक २०, २०७४
राजपाको अवरोधका बीच यसरी हुँदैछ आज मनोनयन दर्ता

काठमाडौं, ४ असार — सरकारले २ नम्बर प्रदेशमा निर्वाचन कार्यक्रम स्थगित गरेपनि त्यसलाई अस्विकार गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको राजपाले मनोनयन दर्ता कार्यक्रमलाई विथोल्ने उद्देश्यले आज मधेश—थरुहट बन्द आह्वान गरेको छ ।Election Comission
राजपाले संविधान संशोधनलगायतका आफ्नो माग पूरा नभएसम्म चुनाव हुन नसक्ने भन्दै त्यसलाई विथोल्ने प्रयासमा बन्द आह्वान गरेको हो ।
आज गृहजिल्ला नवलपरासी पुगेका राजपाका नेता हृदयश त्रिपाठीले आफूहरुको माग पूरा गर्न राज्य तयार नभएकाले बाध्य भएर विरोधमा उत्रिन लागेको जानकारी दिए ।
उनले ५ नम्बर प्रदेशका कपिलबस्तु, रुपन्देही र नवलपरासीका लागि अरु जिल्लाहरुमा पनि आफूहरुले मनोनयन दर्ता कार्यक्रमलाई विथोल्ने चेतावनी दिए । सोहि प्रयोजनका लागि राजपाका नेताहरु प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा रहेको बताइएको छ भने आजै भैरहवामा एक विरोधसभाको आयोजना गरिएको बताइएको छ । एकतिर राजपाको विरोध कार्यक्रम र अर्कोतिर मनोनय दर्ता कार्यक्रम राखिएकाले राजपाप्रभावित जिल्लाहरुमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
निर्वाचन आयोगले सोमबारै पत्रकार सम्मेलन गरेर दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको थियो ।


उम्मेदवारी दर्ताका लागि आइतबार बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्मको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन तोकिएकै मिति असार १४ गते हुनेमा ढुक्क रहन मतदाता, राजनीतिक दल, नागरिक समाज, आमसञ्चार जगत् र सरोकारवालासँग अनुरोध गर्दै आयोगले निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र निर्वाचनमैत्री बनाउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरेको छ ।



मुलुकका एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने दोश्रो चरणको निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

देशभर चारहजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र रहने दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ ।

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ ले व्यवस्था गरेअनुसार स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ ।


उम्मेदवारी मनोनयनदेखि मतगणनासम्मका कार्यमा कसैले पनि अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले त्यस्ता कार्यलाई तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्ने आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्